दफा ३
आयोगको कार्यालय
(१) आयोगको कार्य सञ्चालन तथा व्यवस्थापनको लागि आयोगको एक केन्द्रीय कार्यालय रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
(३) आयोगको सङ्गठन संरचना र कर्मचारीको दरबन्दी कार्यबोझ तथा औचित्यताको आधारमा आयोगको सिफारिसमा नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ ।
(४) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका आयोगका कार्यालयहरु अर्को व्यवस्था नभएसम्म यथावत रहनेछन् ।